काठमाडौं ।। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७ सय ११ जना सहित देशभर १ हजार २०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । काठमाडौं उपतयकामा भेटिएको संक्रमित मधये काठमाडौंका ५७०, ललितपुरका ५८ र भक्तपुरका ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । मन्त्रालयका अनुसार यसका साथै देशभर कोरोना संक्रमितको कुल संखया ६२ हजार ७ सय ९७ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा १ हजार ४ सय ४७ जना उपचार पछि निको भएर घर फर्किएका छन् । हालसम्म निको हुनेहरुको जम्मा संख्या ४५ हजार २ सय ६७ पुगेको छ ।
यसैबीच कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । मृत्कमध्ये ७ महिला र ४ पुरुष रहेको छ ।मृत्यु हुनेमा मोरङका १ जना , रौतहटमा १ जना, सर्लाहीमा १ जना, ललितपुरमा ३ जना, काठमाडौंमा २ जना, मकवानपुरमा १ जना, रुपन्देहीमा १ जना र बाँकेमा १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै कोरोनाबाट नेपालमा मृत्यु हुनेको संख्या ४०१ पुगेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here