एजेन्सी ।। भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरुको संख्या बढदै क्रममा रहेको छ । भारतमा पछिल्लो २४ घण्टामा थप ९३ हजार ३ सय ३७ जनामा कोरोना भाइरसको संकमण पुष्टि भएको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार यसका साथै देशभर कोरोना संक्रमितको जम्मा संख्या ५३ लाख ८ हजार १५ पुगेको छ ।
त्यसतै पछिल्ले २४ घण्टामा भारतमा कोेरोना संक्रमणका कारण १ हजार २ सय ४७ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार यसका साथै भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको जम्मा संख्या ८५ हजार ६ सय १९ पुगेको छ ।
भारतमा रहेको जम्मा कोरोना संक्रमित मध्ये ४२ लाख ८ हजार ४ सय ३२ जना उपचार पछि निको भएर घर फर्किएका छन् भने १० लाख १३ हजार ९ सय ६४ जनाको उपचार भइरहेको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।