काठमाडाैं ।। इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको १३ औं संस्करण आज बाट सुरु हुँदैछ ।युएईको अबुधाबीमा साविक विजेता मुम्बई इन्डियन्स र उपविजेता चेन्नई सुपर किङ्सबीचको खेलसँगै आईपीएलको नयाँ सिजन सुरु हुनेछ ।मुम्बई र चेन्नईबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ ।शेख जायद स्टेडियममा दुबै टिम जित निकाल्दै सुखद सुरुवात गर्न चाहन्छन् ।दुई टिमबीचको पछिल्लो नजिता हेर्ने हो भने मुम्बई बलियो देखिएको छ ।पछिल्लो पाँच खेलमा मुम्बई अपराजित रहेको छ ।गत सिजनको फाइनलमा समेत मुम्बईले चेन्नईलाई हराएको थियो ।रोमान्चक बनेको फाइनलमा मुम्बईले चेन्नईलाई १ रनले हराएको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here