काठमाडौं ।।  आज देशभरी सामान्य बर्षा हुने भएको छ । मौसम विज्ञान विभाग अन्र्तगत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर सामान्य बदली दिउँसो र साँझ पानी पर्ने जानकारी दिएको छ । महाशाखाका अनुसार बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा अहिले हल्कादेखि मध्यम वषभइरहेकोछ । दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले निकालेको विज्ञप्तीमा उल्लेख छ । आज राति भने देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन, चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्युन चापीय रेखा नेपाल भन्दा दक्षिणतर्फ तर्फ रहेको छ । भारतको छत्तीसगढ राज्य तथा आसपासको क्षेत्रमा न्युन चापिय प्रणाली अवस्थित रहेको छ र उक्त प्रणाली विस्तारै पश्चिम९उत्तरपश्चिम दिशा तर्फ सर्दै गएको जनाएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

Leave a Reply