रौतहट ।। कत्र्तव्य ज्यान मुद्दामा निर्दोष व्यक्तिलाई समातेर प्रहरीले चरम यातना दिएपछि दलित युवकको मत्यु भएको अरोप लगाउदै दलित समुदायका नागरिकहरु विहिवार इलाका प्रहरी कार्यालय गरुडालाई घेराउ गरेर प्रहरी ज्यादती विरुद्ध चर्को नारावाजी गर्दै प्रदर्शन गरेका छन् ।
निरञ्जन राम हत्याकाण्डमा इलाका प्रहरी कार्यालय गरुडाले भदौं १ गते सात जनालाई पक्राउ गरेर हिरासतमा मानवअधिकारको घोर उलंघन गर्दै विद्युतिय करेन्ट लगाई चरम यातना दिदा १९ बर्षिय विजय राम चमारको अवस्था दैनिय भयो । अवस्था विग्रिदै जाँदा प्रहरी निगरानीमा नेशनल मेडिकल कलेज विरगंजमा उपचारको क्रममा बुधवार राति १ बजेको समयमा मृत्यु भएपछि आज दलितहरु प्रहरी ज्यादती विरुद्ध आक्रोशित भई इलाका प्रहरी कार्यालय घेराउ गरेर प्रदर्शन गरेका हुन् ।
गत साउन ३१ गते राति रौतहटको गरुडा नगरपालिका–८ बसविटी जिगडिया स्थित सच फलफुल नर्सरीमा कार्यरत मजदुर नन्दलाल चमारको २० बर्षिय छोरा निरञ्जन रामको घाँटी रेटेर हत्याको आरोपमा प्रहरीले सात जनालाई समातेर कत्र्तव्य ज्यान सम्बन्धी कसुर मुद्दामा अदालतबाट म्याद थप गरेर कारवाही चलाएको आरोपित मध्ये दलित युवक विजयको उपचारको क्रममा मृत्यु भएपछि दलित समुदाय उग्र रुप लिएका छन् ।
“साउन ३२ गते राति घरमा सुतिरहेको अवस्थामा प्रहरीहरु घरमा प्रवेश गरेर परिवारका सदस्यहरुलाई कुटपिट गर्दै छोरा विजयलाई घिसार्दै भ्यान राखेर ल्याएको मृतकको वुवा पनिलाल राम चमारले भने” । “पटक पटक छोरा संग भेट्न आउदा प्रहरीले भेट्न नदिएको गुनासो पोख्दै पनिलालले कसुर नै नगरेको आरोपमा बलपूर्वक घरबाट उठाएर ल्याई विद्युतिय करेन्ट लगाएर निर्घात कुटपिट गरेर प्रहरीले छोरालाई हत्या गरेको गम्भीर आरोप उनले लगाए” ।
“जसरी घरबाट जिउदो प्रहरीले लगेको त्यसरी नै मेरो छोरा जिउदो चाहियो” अन्य कुनै शर्त मेरो छैन् । कुनैपनि विरामी नभएको छोरालाई निर्घात कुटपिट एवं विद्युतिय सर्ट लगाएर प्रहरीले मारेको हो, प्रहरीको कुटाईबाट नै किडनी क्षतिग्रस्त भएर अकालमै मृत्यु भोग्नुपरेको रुदै पनिलालले भने“ ।“निरञ्जन राम मेरै आफन्त रहेको उसलाई मार्न लगाउनेलाई प्रहरीले संरक्षण दिएको र आर्थिक चलखेलमा निर्दोषलाई समातेर यातना दिएर कारवाही चलाएकोमा मानव अधिकारको रौतहट प्रहरीद्धारा घोर उलंघन गरिदा यसको निष्पक्ष रुपमा छानविन गरी डिएसपी ज्ञानकुमार महतोलाई कडा भन्दा कडा कारवाहीको माग मृतकको वुवा पनिलाल रामले गरे” ।
इलाका प्रहरी कार्यालय गरुडालाई घेराउ गर्दै दलितहरु उग्र प्रदर्शन गरिरहदा रौतहट प्रहरीका एसपी रवीराज खड्काको रोहवरमा दलित प्रतिनिधिहरुलाई राखेर तिन घण्टा सम्म छालफल गर्दा मौखिक रुपमा तिन बुंदे सहमती भएपछि घेराउ कार्यक्रम फिता भएको छ । दलित प्रतिनिधि, दक्ष चिकित्सक र प्रहरीको रोहवरमा मृतकको पोष्टमार्टम गर्नुपर्ने, डिएसपी ज्ञानकुमार महतोलाई निलम्बन गरेर कारवाही गर्नुपर्ने र निरञ्जन रामको सत्य निष्पक्ष रुपमा अनुसन्धान गर्न अर्को अनुसन्धान अधिकारी नियुक्त गर्ने जस्ता सहमती पछि दलितहरुको आक्रोश शान्त भए ।मधेशी दलित विकास महासंघको महासचिव धर्मेन्द्र पासवानले प्रहरीको चरम ज्यादतीको शिकार विजय राम भएको छ । पाँच चोटी मानवअधिकारको साथीहरु संग भेट्न जाँदा प्रहरीले भेट्न नदिदा विजय चरम यातनाको शिकार बनेकोमा कुनै शंका नै नभएको बताउदै २१ औं शताब्दीमा दिनको २ चोटी करेन्ट लगाएर यातना दिएको हुँदा युवकको मृत्यु भएको दाबी गरे । रौतहट प्रहरीका एसपी, गरुडाको डिएसपी सहितका पदाधिकारीहरुलाई कारवाहीको डायरामा ल्याउन माग समेत उनले गरे । मृतक युवकलाई विरगंजबाट काठमाण्डौको महाराजगंज स्थित टिचिंग अस्पतालमा पोष्टमार्टम गराउनको लागि दलित प्रतिनिधिहरु काठमाण्डौको लागि प्रस्थान गरिसकेको स्पष्ट पारे ।
रौतहट प्रहरीका एसपी रबीराज खड्काले हिरासतमा रहेका युवक विरामी पर्न थालेपछि प्रहरीकै रोहवरमा उपचारकै क्रममा दुखद निधन भएको छ । मृतकको पोष्टमार्टम गर्न काठमाण्डौ लैजाने र त्यसबाट आएको रिपोर्टका आधारमा अन्य कारवाही प्रक्रिया अघि बढ्ने संक्षिप्त प्रतिक्रिया दिए ।
यसैविच विभिन्न पार्टीले विज्ञप्ती मार्फत हिरासतमा रहेका युवक विजय रामको मृत्युबाट जिल्लामा थप शंकट खडा गरेको प्रतिक्रियाहरु जनाएको छ । जनता समाजवादी पार्टी नेपालका जिल्ला इन्चार्ज एवं मधेश प्रदेश सदस्य वृजकिशोर यादवले घटनाको प्रवृति हेर्दा सर्च नर्सरीका संचालकद्धय लखन साह र राजाराम साहलाई बचाउने नियतबस अनुसन्धानको बहानामा विजय रामलाई मरनासन हुने गरी थर्ड डिग्री टर्चर दिई शरिर भरी निल डाम, चोट र घाउको कारण मृत्यु भएको हुँदा टर्चर गर्नमा संलग्न प्रहरीलाई अविलम्ब निलम्बन गरी कारवाही अगाडी बढाउन मागको साथै फरार रहेका अभियुक्तहरुलाई तत्काल समाती निरञ्जन राम र विजय रामको परिवारलाई क्षतिपुर्ती दिन माग गरेका छन् ।
Home प्रदेश समाचार मधेश प्रदेश प्रहरीले थर्ड डिग्री टर्चर गरेर हत्या गरेको आरोप , दलितहरुद्धारा प्रहरी ज्यादती...
प्रहरीले थर्ड डिग्री टर्चर गरेर हत्या गरेको आरोप , दलितहरुद्धारा प्रहरी ज्यादती विरुद्ध इप्रका घेराउ,
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।