रौतहट ।। चालू आर्थिक वर्ष २०७७। ०७८ को शुरूको डेढ़ महीना मै सशस्त्र प्रहरी बल नेपाल ११ नम्बर हेडक्वाटर गण रौतहटले डेढ़ करोड़ भन्दा बढ़ी मूल्य बरावरको सामान बरामद गरेको छ ।
११ नम्बर गण हेडक्वाटरले सार्वजनिक गरेको भाद्र ११ गते सम्मको कार्य प्रगति विबरण अनुसार साउन १ गते देखि भाद्र ११ गते सम्म १ करोड़ ५३ लाख ३७ हजार ११० रुपैया बरावर सामान बरामद गरिएको हो ।
बरामद भएको सामानहरुमा अवैध रकम ३६ लाख ४७ हजार ६९० रुपैया ,अवैध काठ ५७ क्यूव फिट ,ट्रक २ तथा मोटर साइकल १४ गरी १६ बटा सवारी साधन ,७ वटा गाई र ८ वटा भैसी को साथै १८ जना व्यक्ति लाइ पक्राउ गरी कार्यवाहीको लागि सम्वन्धित निकायको जिम्मा लगाइएको सशस्त्र प्रहरी उपरीक्षक सूर्य बहादुर सेन ओलीले जानकारी दिनु भएको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।