काठमाडौं ।। नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३५ हजार ५२९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या ५६९ जना रहेको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जनाएको छ । यो सँगै हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या २० हजार ७३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा नोभेल कोरोना भाइरसको संक्रमणबाट ५ महिला र तीन पुरुषकको मृत्यु गरी ८ जनाको मृतयु भएको छ । मन्त्रालयका अनुसार कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको कुल संख्या १८३ पुगेको छ ।
कोरोना संक्रमणबाट मृत्यु हुनेमा ललितपुरका ६५ वर्षीया एकजना, बाराका २३ वर्षीया एकजना, कास्कीका ३२ वर्षीया एकजना, रुपन्देही र बाँकेका ७० वर्षीया एक(एकजना महिला रहेका छन् ।
त्यसैगरी काठमाडौंका ८४ वर्षीय, पर्साका ६२ वर्षीय एकजना र कपिलवस्तुका ५० वर्षीया पुरुषको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।
एकैदिन थप १ हजार १११ जनामा कोरोना संक्रमण पुष्टि
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।