एजेन्सी ।। भारतमा पछिल्लो २४ घण्टामा ४८ हजार ५ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै भारतमा कोरोना संक्रमितको कुल संख्या १५ लाख ३१ हजार ६ सय ६९ पुगेको छ ।
केन्द्रीय स्वास्थ्य मन्त्रालय तथा परिवार मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ सय ६८ जनाको मृतयु भएको छ । यो सँगै भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३४ हजार १ सय ९३ पुगेको छ ।
मन्त्रालयका अनुसार भारतमा जम्माको कोरोना संक्रमित मध्ये ९ लाख ८८ हजार २९ जना उपचार पछि निको भएर घर फर्किएका छन् ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।