विरगञ्ज ।। विरगञ्जमा बुधबार सेना,नेपाल प्रहरी सहित ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा पर्सा कारागारमा रहेका कैदी बन्दी, नेपाल प्रहरी, सेना र स्वेच्छा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका डाक्टर उदय नारायण सिंहले जानकारी दिए ।
उनका अनुसार संक्रमित हुनेहरुमा २ वर्षकी बालिका देखि ६५ वर्षका पुरुष रहेका छन् । यसमध्ये ५ जना बालबालिका र २४ जना पुरुषहरु छन् ।
२ सय ७४ जनाको स्वाब परीक्षण गरिएकोमा ३४ जनामा संक्रमण देखिएको हो।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।