काठमाडौं, साउन १४ : भारतीय चलचित्र ‘‘केजीएफ २’ मा अभिनेता सञ्जय दत्तको पात्र अधिराको लुक भएको पोस्टर सार्वजनिक भएको छ ।

यस फिल्ममा संजय दत्तलाई ‘अधिरा’ पात्रमा खलनायकको भूमिकामा देख्न सकिनेछ। उनको जन्मदिनको अवसरमा बुधबार ‘अधिरा’ पात्रको पहिलो लुक सार्वजनिक गरिएको हो।

संजय दत्तले ट्वीटरमार्फत केजीएफको टिमसँग काम गर्न पाएकोमा खुशी व्यक्त गर्दै सबैलाई धन्यवाद दिएका छन्।

रकिङ स्टार यश (नविन कुमार गौडा) अभिनित चलचित्र ‘केजीएफ च्याप्टर १’ सुपरहिट भएपछि ‘केजीएफ च्याप्टर २’ निर्माण गरिएको हो। यस वर्षको बहुप्रतिक्षित यो फिल्म अक्टोवरमा रिलिज हुनेछ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here