काठमाडौं ।। नेपालमा पछिल्लो २४ घण्टामा उपत्यकामा १५ जना सहित थप २१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै देशभरी कोरोना संक्रमितको कुल संख्या १९ हजार २७३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता ड. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १४६ जना निको भएर घर र्फिर्कएका छन् । यो सँगै उपचार पछि निको हुनेको संख्या १४ हजार २१ पुगेको मन्त्रालयका प्रवक्ता गौतमले बताए ।
नेपालमा हालसम्म मृत्यु हुनेको संखया ४९ पुगेको छ । नेपालका सबै जिल्लामा कोरोना संक्रमित देखिए पनि हाल ६ जिल्ला कोरोना मुक्त भएका छन् ।
प्रवक्ता डा. गौतमले पछिल्लो २४ घण्टामा ६ हजार ३७ जनाको पीसीआर परीक्षण भएको बताए। यस्तै हालसम्म देशभर १४ हजार ४ सय ७१ जना क्वारेन्टिनमा रहेका छन्।
काठमाडौं उपत्यकामा १५ जना नयाँ संक्रमित
काठमाडौं उपत्यकामा आज १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज देखिएका संक्रमित मध्ये काठमाडौंमा १४ र भक्तपुरमा १ जना छन् । मंगलबार ५३ जना थपिएका थिए ।
यो सँगै अब काठमाडौंमा कोरोना संक्रमितको संख्या ४९१ पुगेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here