काठमाडौ ।। भारतमा पछिल्लो २४ घण्टामा ४७ हजार ७ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै भारतमा कोरोना संक्रमितको कुल संख्या १४ लाख ८३ हजार १ सय ५७ पुगेको छ ।
केन्द्रीय स्वास्थ्य मन्त्रालय तथा परिवार मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ सय ५४ जनाको मृत्यु भएको छ । यो सँगै भारतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ३३ हजार ४ सय २५ पुगेको छ ।
मन्त्रालयका अनुसार भारतमा जम्मा कोरोना संक्रमित मध्ये ९ लाख ५२ हजार ७ सय ४४ जना उपचार पछि निको भएर घर फर्किएका छन् । भने ४ लाख ९६ हजार ९ सय ८८ जना उपचाररत रहेका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here