काठमाडौं ।। नेपलमा कोरोना संक्रमितको संख्या ११ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंखया मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार ६३ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा एक सय २१ जना सङ्क्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको कुल सङ्ख्या १३ हजार आठ सय ७५ पुगेको छ ।
कोरोना सङ्क्रमणको कारण थप एक जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ ।
मृत्यु हुनेमा बझाङको बुङ्गल नगरपालिका ३ का ६५ वर्षीय पुरुषको गएको ९ गते मृत्यु भएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो । योसँगै कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ४९ पुगेको छ ।
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा मात्रै ५३ जना कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौंमा ४८, ललितपुरमा ४ र भक्तपुरमा १ गरी उपत्यकामा ५३ जना नयाँ संक्रमित थपिएको जानकारी दिएका हुन् ।
हालसम्म नेपालमा ५ हजार १ सय ३९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ३ सय ११ जना संक्रमित थपिए, एक जनाकाे मृत्यु
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।