काठमाडौं ।। काठमाडौं उपत्यकामा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौँमा १० जना संक्रमित थपिएको जानकारी दिए। जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १३३ जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिए। योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १८ हजार ३७४ जना पुगेको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।