काठमाडौं ।। नेपालमा शुक्रबार थप १३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबार आयोजित मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १३३ जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिए। योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १८ हजार ३७४ जना पुगेको छ । यस्तै, कुल १२ हजार ९४७ जना उपचारपछि निको भएर घर फिर्ता भएका छन् । शुक्रबार मात्रै १०७ जना कोरोना संक्रमणबाट निको भएर फर्किएका छन् । यता पछिल्लो २४ घण्टामा १ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४४ पुगेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here