विरगञ्ज ।। पसाको विरगञ्जमा भोली अर्थात शनिबार दखि अनिश्चितकालका लागि निषेधज्ञा जारी गर्ने स्थानिय प्रशासनले निर्णय गरेको छ ।
जिल्ला सुरक्षा समितिको शुक्रबार बसेको बैठकले वीरगन्ज महानगरपालिकामा शनिबारदेखि अनिश्चितकालका लागि निषेधाज्ञा जारी गर्ने निर्णय भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।
उनले विभिन्न राजनीतिक दल, संघ–संगठनसँग छलफल गरेर निषेधाज्ञा लगाउने निर्णय भएको बताए ।
अब निषेधाज्ञा लगाउनुका साथै परीक्षणको दायरा बढाउने निष्कर्षमा पुगिएको सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले बताए ।
यता शुक्रवार बिहान नारायणी अस्पतालको अस्थाई कोभिड अस्पतालमा उपचाररत वीरगञ्ज( ११, श्रीपुर रसीघाटकी ८५ वर्षीय महिलाको शुक्रबार मृत्यु भएको हो।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।