काठमाडौं- वीरगञ्जमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। नारायणी अस्पतालको अस्थाई कोभिड अस्पतालमा उपचाररत वीरगञ्ज- ११, श्रीपुर रसीघाटकी ८५ वर्षीय महिलाको शुक्रबार मृत्यु भएको हो। 

निमोनिया भएपछि उनी साउन ८ गते अस्पताल भर्ना भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदनकुमार उपाध्यायले बताए। उनका अनुसार ती महिला मुटुरोगीका बिरामी थिइन्। 

उनले भने, ‘उहाँ एक निजी अस्पतालमा उपचाररत हुनुहुन्थ्यो। कोरोना पुष्टि भएपछि उहाँलाई यहाँ रिफर गरिएको थियो। पुरानो मुटुरोगका बिरामी हुनुहुन्थ्यो। निमोनिया पनि भएको थियो।’

योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४४ पुगेको छ। 

श्राेत ः स्वास्थय खबर

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here