काठमाडौं ।। भारतमा कोरोना संक्रमितको संख्या तिव्ररुपमा फैलिरहेको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार मन्त्रालउका अनुसार पछिल्लो २४ घण्टामा थप ४९ हजार ३ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै भारतमा कोरोना संक्रमितको कुल संख्या १२ लाख ८७ हजार ९ सय ४५ पुगेको छ ।
यस्तै भारतमा पछिल्लो २४ घण्टामा ७ सय ४० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महाराष्ट्रका २९८ जना,कर्नाटकमा ९७ जना,तमिलनाडूमा ८८, आंध्र प्रदेशमा ६१, पश्चिम बंगालमा ३४ , गुजरातमा २८ , उत्तर प्रदेशमा २६ , दिल्लीमा २६ , राजस्थानमा ११ , मध्यप्रदेशमा १०,जम्मू कश्मीरमा ९ , तेलंगानामा ९,पंजावमा ८, असममा ६, ओडिशामा ६, हरियाणमा ६ , केरलमा ५, उत्तराखण्डमा ३,झारखण्डमा ३, पुडुचेरीमा ३ ,छतीसगढ, त्रिपुरा र गोवामा एक–एक जनाले ज्यान गुमाएका छन् ।
यो सँगै भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३० हजार ६ सय एक पुगेको छ ।
मन्त्रालयका अनुसार भारतमा अहले सम्म ८ लाख १७ हजार २ सय ९ जना उपचार पछि निको भएर घर फर्किएका छन् ।
जम्मा संक्रमित मध्ये भारतमा अहिले सम्म ४ लाख ४० हजार १ सय ३५ जना उपचाररत रहेका छन् ।
भारतमा एकै दिन ४९ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।