काठमाडौं ।। काठमाडौंस्थित सीतापाइलामा युवतिमाथि एसिड आक्रमण गर्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहट लक्ष्मीपुर घर भई हाल काठमाडौं महानगरपालिका डल्लु बस्ने मोहम्मद आलम र भारतीय नागरिक मुन्ना महम्मद छन्। उनीहरुलाई महानगरीय प्रहरी अपराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले बिहीबार राति पक्राउ गरेको हो।
ओखलढुंगा स्थायी ठेगाना भएकी २२ वर्षीया युवतीमाथि बिहीवार साँझ ७ बजेर ५५ मिनेट जाँदा नागार्जुन नगरपालिका ४ सृजनशील टोलस्थित घरनजिकै एसिड प्रहार भएको थियो।। युवतीले अर्कै केटा मन पराएको भन्दै उनीहरुले ट्वाइलेट सफा गर्ने एसिडले आक्रमण गरेको प्रहरीले जनाएको छ। सामान किनमेलका लागि बाहिर निस्केका बेला युवतिमाथि एसिड प्रहार भएको हो। युवतीको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here