विरगञ्ज ।। पर्सामा एकैदिन पाँच थुनुवासहित ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नारायणी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा पाँच थुनुवासहित ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्थायी कोरोना विशेष अस्पतालका संयोजक डा।उदय नारायण सिंहले जानकारी दिए । वडा प्रहरी कार्यालय श्रीपुरको थुनुवा कक्षमा रहेका २५, २२, ३३, २२ र ४७ वर्षका गरी ५ जना थुनुवामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालको पीसीआर प्रयोगशाला स्रोतले जनाएको छ । संक्रमित थुनुवाहरुमध्ये ४ जना भारतीय नागरिक हुन् । उनीहरु ३ जना बिहारका र १ जना उत्तर प्रदेशका छन् ।
नयाँ संक्रमितहरु पर्साका स्थायी बासिन्दा र अन्य ठाउँका विभिन्न पेशा व्यवसाय गरी बसेकाहरु रहेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले बताए ।
पर्सामा कोरोनाको संक्रमण बढ्दै गएपछि वीरगन्ज अस्पतालको आकस्मिक बाहेकका सबै सेवा बन्द भएको छ ।
पर्सामा पाँच थुनुवासहित ३२ जनामा कोरोना संक्रमण पुष्टि
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।