मुम्बई ।। बलिउड सुपरस्टार अभिनेता अमिताभ बच्चन यतिबेला पत्नीबाहेक बाँकी परिवारका सदस्यसँग अस्पतालमा बसेर उपचार गराइरहेका छन् । भारतीय मिडियाका अनुसार अमिताभ बच्चनको स्वाब रिपोर्ट नकारात्मक आएको छ । अब फेरि उनको थप दुई ओटा टेस्ट हुनेछ । पछिल्लो १२ दिनदेखि अमिताभ र अभिषेक मुम्बईको नानावती अस्पतालमा भर्ना छन्। उही समयमा, ऐश्वर्या राई बच्चन र आराध्या बच्चन घरको क्वारेन्टाइनमा थिए, तर पछि उनीहरूलाई अस्पतालमा भर्ना पनि गरियो।
अस्पताल स्रोतका अनुसार, अमिताभ बच्चनका छोरा अभिषेक बच्चनको सबै रिपोर्टहरू नकरात्मक आएका छन्। अभिषेकलाई आज साँझ अस्पतालबाट डिस्चार्ज गर्न सकिन्छ। अमिताभ र अभिषेक बाहेक, ऐश्वर्या र आराध्या पनि अस्पताल भर्ना छन्। ऐश्वर्या र आराध्याको अहिले सम्म कुनै रिपोर्ट आएको छैन।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।