काठमाडौं ।। नेपालमा पछिल्लो २४ घन्टामा थप १ सय ४७ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । काठमाडौं उपत्यकामा आज ८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । थपिएकामध्ये काठमाडौंमा ५, ललितपुरमा २ र भक्तपुरमा एकजना छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज कुल १ सय ४७ संक्रमित थपिएका छन् ।
२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
यो सँगै नेपालमा संक्रमितको कुल संख्या १८ संख्या २ हजार ४१ पुगेको छ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार कोरोना संक्रमणका कारण बिहीवार थप एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।
बिहीवार १५६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । योसहित नेपालमा डिस्चार्ज हुनेको संख्या १२ हजार ८४० पुगेको छ । प्रवक्ता गौतमले नेपालमा कोरोनाको जोखिम हटी नसकेकोले सावधानी अपनाउन सवैलाई आग्रह गरेका छन् । हाल देशभरका आईसोलेशनमा ५ हजार ३५८ जना रहेका छन् । त्यसैगरी क्वारेन्टाइनमा २० हजार ९८ जना रहेका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here