रौतहट ।। डिभिजन वन कार्यालय रौतहटको चन्द्रनिगाहपुर,सब डिभिजन कार्यालय चोचा वन नर्सरी र चेतनगर वन नर्सरीले विभिन्न जातका विरुवाहरु किसानहरुलाई निशुल्क बितरण आइतबारबाट शुरु गरेको छ ।
आज आइतबारबाट आँप , अमरपाली , कागती लगायतका विभिन्न प्रजातीका बिरुवाहरु बितरण भइरहेको डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । आफ्ना खाली रहेका जमिन तथा विभिन्न स्थानमा पर्यावरणिय वाताबरण निर्माणमा यसबाट सहयोग पुग्ने स्थानियले बताएका छन । सर्वसाधरण देखि विभिन्न सामुदायिक वनहरुले पनि सो बिरुवा लिन सक्ने र आफ्ना उपभोक्तालाई समेत बितरण गर्न सक्ने वन कार्यालयले जनाएको छ । खाली जग्गा भएका तथा बिरुवा रोपेर हरियाली बातावरण बनाउनको लागी विरुवा लिन आउनको लागी समेत सर्वसाधरणलाई अनुरोध समेत गरेको छ । बिरुवा आवश्यक परेकाहरुले तत्काल कार्यालयमा सम्पर्क गरि आवश्यक बिरुवा संरक्षण हुने गरि बृक्षरोपण गर्न डिभिजन वन कार्यालयले आग्रह गरेका छन ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here