काठमाडौं ।। नेपालमा पछिल्लो २४ घण्टामा काठमाडौंका १ र ललितपुरका २ गरी थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार आज आइतवार थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा जम्मा कोरोना संक्रमितको संख्या १७ हजार ६५८ संख्या पुगेको छ।
प्रवक्ता गौतका अनुसार पछिल्लो २४ घण्टामा ५८ जनाले कोरोना जितेका छन् । यो सँगै आइतबारसम्म डिस्चार्ज हुनेको संख्या ११ हजार ६९५ अर्थात ६६।२४ प्रतिशत पुगेकोे छ ।
नेपालमा हालसम्म भोजपुर, पाँचथर, धनकुटा, रसुवा, मनाङ, मुस्ताङ, हुम्ला र जुम्ला गरी ८ जिल्ला कोरोनाभाइरस संक्रमण मुक्त, रहेको गौतमले जानकारी दिए । प्रवक्ता गौतका अनुसार रौतहट, कैलाली र बाजुरा जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित रहेका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here