एजेन्सी ।। साउथका सुपरस्टार अभिनेता प्रभास र बलिउडका चर्चित अभिनेत्री दीपिका पादुकोण अगामी तेलगु फिल्ममा एकसाथ देखिने भएका छन् । यो प्रभाषले अभिनय गर्न लागेको २१ औं चलचित्र हो । बलिउडकी सुपरस्टार नायिका दीपिका पादुकोण र साउथका सुपरस्टार प्रभाष एकसाथ पर्दामा देखिन लागेपछि फ्यानको उत्साह पनि बढेको छ ।
यो फिल्मलाई हिन्दी ,तामिल र तेलुगु भाषामा मा पनि डब हुने जनाइएको छ। प्रभाष र दीपिकाले स्क्रिन सेयर गर्न लागेको यो पहिलो पटक हो। आउँदो वर्षको अप्रिलदेखि छायाँकनका लागि फ्लोरमा निस्काने फिल्मको रिलिज टार्गेट सन् २०२० राखिएको छ। यो फिल्मलाई सन् २०२२ मा रिलिज गर्ने योजना यसको निर्माणपक्षको छ । प्रभाष अहिले अर्को फिल्म ‘राधेश्याम’ को रिलिज पर्खिरहेका छन्।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here