रौतहट ।। बिहिवार रातिदेखि लगातार परिरहेको पानीले रौतहटको जनजीवन अस्तव्यस्त बनेको छ । बर्षाको पानी बढदैजांद जिल्लाका दर्जनौ गाउँ बस्ती डुवानमा पर्ने खतरा बढेको छ । वर्षाको अत्याधिक पानीले गर्दा जिल्लाको गरुडा, माधवनारायण, देवाही गोनाही, राजपुर, परोहा, गौर लगाएतका नगरपालिकाका दर्जनौ गाउँहरु डुवानमा पर्न थालेको छ । त्यस्तै वर्षाको पानी गौर चन्द्रनिगाहपुर सडकखण्डको बन्जरहा स्थित मेन रोडमा नै जामेपछि सवारी आवागमनमा समस्या भएको छ । बिहानै देखि पानिको चाप बढदैगएको कारण ठुला सवारीसाधन जेनतेन पास गरेपनि साना सवारीसाधनलाई पास गर्न समस्या भइरहेको छ । त्यसैगरी अविरल बर्षाले जिल्लाको पुर्विभेगमा बागमती र पश्चिममा लालबकैया नदिका साथै साना खोलाहरुमा पनि पानीको सतह बढ्दै गएको छ । लालबकैया नदिमा आएको बाढीले कटहरिया ४ र देवाहीघाट नजिक तटबन्धमा कटान गरिरहेको स्थानीय तवारख मिंयाले बताउनुभएको छ । बकेया र बागमती नदिमा पानीको स्तर बढ्न थालेपछि स्थानीय प्रशासनले सजग रह्न सबैलाई अनुरोध गरेको छ । लगातारको बर्षाले गौर,चन्द्रपुर बाहेक १६ वटै स्थानीय तहको बाटोहरु पुर्णरुपमा प्रभावित हुंदा आवत जावतमा कठिनाइ भैइरहेको छ ।
लगातारको बर्षाले रौतहटको जनजीवन पुर्ण रुपमा प्रभावित
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।