काठमाडाैं ।। असारमा राजश्व सङ्कलन बढेको छ । करिब तीन महिना लामो बन्दाबन्दीमा करदाताले नतिरेको कर एकैपटक तिरेपछि राजश्व संकलन बढेको हो । अर्थ मन्त्रालयका अनुसार गत आर्थिक वर्षको असारको तुलनामा यो असारमा राजश्व सङ्कलन उल्लेख्य वृद्धि भएको छ । गत आर्थिक वर्षको असार एकदेखि २७ गतेसम्म ६४ अर्ब ९१ करोड रुपैयाँ मात्रै राजश्व सङ्कलन भएको थियो । तर, यो आर्थिक वर्षको सोही अवधिमा ९६ अर्ब ५ करोड रुपैयाँ सङ्कलन भएको छ । आर्थिक वर्ष सकिन दुई दिन बाँकी छ । २७ गतेसम्मको राजश्व सङ्कलनको अवस्था हेर्दा यो आर्थिक वर्षमा पोहोरकै हाराहारीमा राजश्व उठ्ने अनुमान गरिएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

Leave a Reply