राैतहट ।। रौतहटमा बिद्युत महसुल साउन ७ गतेभित्र तिरेमा जरिवाना नलाग्ने भएको छ । नेपाल विद्युत प्राधिकरणले गत चैत,वैशाख,जेठ र असारको विद्युत महसुल साउन ७ गतेभित्र तिरेमा जरिवाना नलाग्ने व्यवस्था गरेको छ । नेपाल बिद्युत प्राविधिकरण चन्द्रनिगाहपुरका अनुसार नेपाल सरकारको निर्णय अनुसार नै आफुहरुले पनि ग्राहकहरुलाई छुटको ब्यबस्था गरेको बताएको छ ।
नेपाल विद्युत प्राधिकरणले गत चैत, वैशाख, जेठ र असारको विद्युत महसुल ७ साउनभित्र तिरेमा जरिवाना नलाग्ने व्यवस्था गरेको छ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको १९ असारको निर्णयबाट ७ साउन भित्रमा चैतयताको महसुल तिरेमा सबै प्रकारका ग्राहकलाई जरिवाना नलाग्ने व्यवस्था गरिएको हो । निर्धारित समयभित्र भुक्तानी नगरेमा भने जरिवाना लाग्ने व्यवस्था छ । नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार प्राधिकरणले लकडाउन अवधिमा महसुल नतिर्ने ग्राहकलाई जरिवाना नलाग्ने निर्णय गरेको हो।
सरकारले अहिलेकै रुपको लकडाउनलाई ७ साउनसम्म निरन्तरता दिएको छ । सरकारले लकडाउन अवधि लम्बाएपछि प्राधिकरणले पनि सोहीअनुसार महसुलमा जरिवाना नलाग्ने व्यवस्था गरेको हो । अब गत चैत, वैशाख, जेठ र असारको विद्युत महसुल यही ७ साउनभित्रमा तिरेमा जरिवाना लाग्ने छैन । प्राधिकरणले लकडाउन खुकुलो भएसँगै सिंगल फेज मिटर रहेका घरायसी ग्राहकको घरघरमा गएर मिटर रिडिङ गर्न शुरु गरिसकेको छ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here