काठमाडौं ।। नेपाल एयरलाइन्सका ७ जना कर्मचारीमा कोरोना भाइरस(कोभिड–१९) संक्रमण देखिएको छ । कोरोना संक्रमण देखिनेमा ३ पाइलट र ४ क्रु मेम्बर रहेका छन् ।
संक्रमित हुने पाइलट तथा कर्मचारीहरु विदेशबाट नेपालीलाई ल्याउन गरिएको उद्धारमा संलग्न थिए ।उनीहरुलाई सोल्टी होटलमा बनाइएको क्वारेन्टाइनमा रखिएको एयरलाइन्स स्रोतले जनाएको छ ।
यसैबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सरकारले दिएको जिम्मेवारी पुरा गर्ने क्रममा संक्रमित भएका उनीहरुको स्वास्थ्य लाभको कामना गरेका छन्।

यसअघि विदेशमा अलपत्र परेका नेपालीलाई उद्धार गरिरहेको नेपाली वायुसेवा कम्पनी हिमालय एयरलायन्सका एक जना पाइलटमा पनि कोरोना संक्रमण देखिएको थियो
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।