रौतहट ।। बम विस्फोट तथा ज्यान मार्ने उद्योग मुद्दा १० वर्ष पछि पक्राउ परेका २ जनालाइ रौतहट जिल्ला अदालत पुर्पच्छको लागि कारागार चलान गरेको छ । लामो समय सम्म फरार रहेका रौतहटको ईशनाथ नगरपालिकाको रामपुरखाप निवासी गुलाम सरोवर र दिलीप कुमार साहले अदालतले कारागार चलान गरेको हो ।
२०६७ साल चैत्र ११ गतेका दिन गौर बाट चन्द्रनिगाहपुर जादै गरेको ना २ ख ५७२१ नम्बरको यात्रु वाहक बसमा बम विस्फोट गराउँदा १३ जना घाइते भएका थिए । घटना पछि फरार रहेका दुवै जनालाइ प्रदेश प्रहरीका टोलीले पक्राउ गरी कार्यवाहिको लागि जिल्ला प्रहरी कार्यालय लाइ जिम्मा लगाएको थियो ।
अनुसन्धान कार्य संपन्न भएपछि व्यानको लागि विहिवार अदालतमा उपस्थित गराइएका सरोवर र साह लाइ व्यान सकिए पछि अदालतले मुद्दाको कार्यवाही गर्नको लागि कारागार पठाएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले बताउनु भएको छ ।
तत्कालीन भूमिगत संगठन तराई जनतांत्रिक मुक्ति मोर्चामा आवद्ध रहेका सरोवरले पछि नेकपा एमालेमा प्रवेश गरेका थिए ।
सरोवर र साह बम विस्फोटको आरोपमा कारागार चलान
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।