file photo

रौतहट ।। रौतहट जिल्लाको दुइ जना प्रहरी सहायक निरीक्षक र एक जना प्रहरी जवान निलम्वित भएका छन । प्रदेश प्रहरी कार्यालय जनकपुरधाम प्रदेश २ कार्यालयले पटक पटक आचरण बानी व्यव्हार सुधार गर्नलाइ भन्दा पनि सुधार गर्न नसकेको भन्दै प्रहरी चौकी औरैयामा कार्यरत प्रहरी सहायक निरीक्षक ललित साह , प्रहरी जवान दिनेश हजरा र प्रहरी चौकी बसतपुरमा कार्यरत प्रहरी सहायक निरीक्षक संजीव कुमार झालाइ निलम्बन गरेको हो ।
प्रहरी निरीक्षक झा लाइ राजदेवी नगरपालिका वड़ा नम्बर २ मा स्थानीयहरुले आषाढ़ ९ गते राति १ बजेको समयमा एक महिलाको साथमा आपत्तिजनक अवस्थामा नियंत्रणमा लिएको थियो । चौरमा पक्राउ परेका प्रहरी सहायक निरीक्षक झा लाइ स्थानीयले कार्यवाहिको लागि जिल्ला प्रहरी कार्यालयमा बुझाएको थियो ।
वित्तीय अपराध हुंडई कारोबारमा संलग्न रहेका व्यक्तिलाइ आर्थिक प्रलोभनमा परी सघाएको प्रमाणित भएपछि प्रहरी निरीक्षक साह र जवान हजरालाइ कार्यवाही गरिएको प्रदेश प्रहरी प्रमुख धीरज प्रताप सिंह ले जानकारी गराउनु भएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here