काठमाडौं ।। नेपालमा पछिल्लो २४ घण्टामा थप ५९३ जनामा कोरोना पुष्टि भएको छ।
शुक्रबार स्वस्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ थप ५९३ जनामा कोरोना पुष्टि भएको जानकारि दिनुभएकाे छ ।
पछिल्लो २४ घण्टामा गरिएको ६ हजार ५३६ जनाको पीसीआर परीक्षण गरिएको थियो।जसमा १०७ महिला र ४८६ पुरुष रहेको प्रवक्ता गौतमले बताए।
योसँगै नेपालमा संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको छ। जसमा १२ सय ४९ महिला र १० हजार ५०६ पुरुष रहेका छन्।
मन्त्रालयका अनुसार थप एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि गरेका छन् । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २७ पुगेको छ ।
संक्रमित जिल्ला ७६ पुगेको छ । अब रसुवा जिल्लामा मात्र संक्रमित देखिएका छैनन् ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।