काठमाडौं ।। जनसंख्याको घडीअनुसार नेपालको जनसंख्या ३ करोड नाघेको छ । केन्द्रीय तथ्यांक विभागको वेबसाइटमा राखिएको क्याल्कुलेटरले शुक्रबार नेपालको जनसंख्या ३ करोड नाघेको देखाएको हो ।
जसअनुसार नेपालको जनसंख्या ३ करोड ६३४ पुगेको छ ।तथ्याङ्क विभागका अनुसार वेबसाइटमा राखिएको क्याल्कुलेटरमा फर्मुला राखिएको छ। जसले जन्मदर, मृत्युदर र बसाइँसराइ दरको हिसाब गर्छ । सोही अनुसार उक्त जनसंख्या निस्किएको हो ।
नेपालमा प्रत्येक दश वर्षमा जनगणना हुने गरेको छ । २०६८ सालको जनगणना अनुसार नेपालको जनसङ्ख्या दुई करोड ६४ लाख ५४ हजार पाँच सय चार थियो ।
१२ औँ राष्ट्रिय जनगणना २०७८ असारमा गर्ने सरकारको तयारी छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।