रौतहट ।। रौतहटमा क्वारेन्टिनबाहिर रहेका तीन जनामा कोरोना भाइरस(कोभिड–१९)को संक्रमण देखिएको छ । कोरोण लक्षण देखा परेका हिजो बिहिबार थपिएका ३८ संक्रमितमध्ये तीन जना क्वारेन्टिन बाहिरका रहेका हुन् । गौर नगरपलिका वडा नं.५का दुई पुरुष र इशनाथ नगरपालिका ३ का एक पुरुषमा कोरोना संक्रमणके रिपोर्ट पोजेटिभ आएके छ । ३० वर्षीय संक्रमित रौतहटको बोधिमाई नगरपालिकाको बंकुल बजारमा पसल सञ्चालक हुन् । भारतको मोतीहारी कोरहीया घर भएका उनी गौर(५ मा रहेको ससुराली बस्दै आएका थिए । रिर्पोट पोजेटिभ आएकाहरुलाई गौरी शंकर यादव क्याम्पसमा रहेको आइसोलेसनमा राखिएको छ भने कन्ट्याक ट्रेसिङ सुरु भएको छ । प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेका अनुसार १७ वर्षीय युवकको परिवारका सदस्यहरुको स्वाब संकलन भइसकेको छ भने अन्यको पनि संकलन गरिने छ । रौतहट जिल्लामा कोरोना संक्रमितको जम्मा संख्या १ हजार ७७ पुगेको छ ।
Home प्रदेश समाचार मधेश प्रदेश रौतहटमा क्वारेन्टिन बाहिरका तीन जनामा कोरोना संक्रमण,जम्मा संक्रमितकाे संख्या १ हजार...
रौतहटमा क्वारेन्टिन बाहिरका तीन जनामा कोरोना संक्रमण,जम्मा संक्रमितकाे संख्या १ हजार ७७
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।