एजेन्सी ।। भरतमा कोरोना अर्थात कोभिड–१९ का संक्रमणहरु दिनप्रति दिन निरन्तर रुपमा बढ्दैछ । भारतमा एकै दिनमा बिरामीहरुको संख्या सबैभन्दा बढी रेकर्ड गरिएको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७ हजार २ सय ८६ जना नयाँ संक्रमित भेटिएका छन् भने ४ सय ७ जनाको मृत्यु भएको छ ।
यो सँगै भारतमा कोरोना संक्रमितको संख्या बढेर ४ लाख ९० हजार ४ सय १ पुगेको छ ।भने अहिले सम्म २ लाख ८५ हजार ६ सय ३७ जना निको भइसकेको छ ।
भारतमा अहिले सम्म १५ हजार ३ ०१ जनाको मृत्यु भएको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।