पर्वत ।। गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय पोखराका अनुसार नवलपरासी पूर्व सुस्तामा २१ जना, तनहुँमा २ जना, स्याङजा र बाग्लुङमा १÷१ जना गरि थप २५ जनामा सङ्क्रमण पुष्टि भएको हो । नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पूर्व)को गैडाकोट नगरपालिकाका ७ जना पुरुषमा र कावासोती नगरपालिकाका १२ पुरुष र २ महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरू १८ देखि ५८ बर्ष उमेर समुहका रहेका निर्देशनालयले जानकारी दिएको छ ।स्याङजाको कालिगण्डकी गाउँपालिकाका बर्ष २८ का एक पुरुष र बाग्लुङको बरेङ गाउँपालिकामा बर्ष २३ का १ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७ सय ९२ पुगेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here