काठमाडाैं ।। नोबेल कोरोना भाइरस (कोभिड १९) को महामारीका कारण बिभिन्न देशमा अलपत्र नेपालीको आज पनि हवाइ उद्धार हुनेभएको छ । आज एक हजार दुई सय नेपाली काठमाडौँ आउनेभएका छन् । बहराइन, युएई, कुवेत र मलेसियामा अलपत्र नेपाली स्वदेश फर्कन लागेका हुन् । पर्यटन मन्त्रालयका अनुसार कुवेतबाहेक सबै मुलुकबाट आज दुईदुई वटा उडान हुँदैछन् । बहराइनबाट दइटै र मलेसियाको एउटा उडान नेपाल एयरलाइन्सको जहाजमार्फत हुनेछ । युएईमा हिमालयन र एयर अरेविया, कुवेतमा जजिरा एयरलाइन्स र मलेसियाको एउटा उडान हिमालय एयरलाइन्सको जहानबाट हुँदैछ । अलपत्र नेपालीलाई ल्याएर ल्याएर काठमाडौँ, भक्तपुर र ललितपुरमा तयार पारिएका होल्डिङ सेन्टर अर्थात विश्राम केन्द्रमा राखिनेछ । नेपाली सेनाको टोलीले उनीहरूको सामान्य स्वाथ्य जाँच र विवरण लिएपछि सम्बन्धित प्रदेशमा क्वारेन्टाइनमा बस्ने गरी पठाइनेछ ।
विदेशमा अलपत्र एक हजार दुई सय नेपाली आज काठमाडौँ आउँदै
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।