राैतहट ।। रौतहट जिल्लाको परोहा नगरपालिका सहित आधा दर्जन स्थानीय तहको चौथो नगर सभा बुधवार संपन्न भएको छ ! असाढ़ १० गते सम्म आगामी आर्थिक वर्षको नगर सभा गर्नु पर्ने संवैधानिक व्यवस्था अनुसार स्थानीय तहले आफ्नो नगर सभाको बैठक संपन्न गरेको हो !
जिल्ला को गौर नगरपालिकाको छैठौ नगर सभा तथा राजपुर नगरपालिका , पराेहा नगरपालिका, माधव नारायण नगरपालिका , मौलापुर नगरपालिका , गढ़ीमाई नगरपलिका , बृंदाबन नगरपालिका , चंद्रपुर नगरपालिका , यमुनामाई गाउपालिका ,दुर्गा भगवती गौपालिकाले आर्थिक वर्ष २०७७/०७८ को नगर सभाको पहिलो बैठक संपन्न गरेको छ ! आतंरिक द्वन्दका कारण राजदेवी नगरपालिका , बौधिमाई नगरपालिका , ईशनाथ नगर पालिका गुजरा नगरपालिका , फतुवा विजयपुर नगरपालिका ,गरुडा नगरपालिका, कटहरीया नगरपालिका, देवाही गाेनाही नगरपालिका, ले नगर सभा गर्न सकेका छैन !
नेकपाका प्रतिनिधि सभा सदस्य प्रभु साहको प्रमुख आतिथ्यमा संपन्न भएको मौलपुर नगरपालिकाको नगर सभामा नगर प्रमुख रीना साहले आगामी आर्थिक वर्ष २०७७/०७८ को लागि ३५ करोड़ २८ लाख २३ हजार ५ सय ९० रुपैयाको बजेट प्रस्तुत गरेका छन ! मेयर साहले बैठकमा नगरपालिकाले त्यार पारेको अर्थ सम्बन्धी विधयेक २०७७ समेत छलफलको लागि प्रस्तुत गरेको छ ! प्रस्तुत बजेटमा कृषिमा किसानको लागि निशुल्क पानी र उन्नत जातको विया कार्यक्रमलाइ निरंतरता दिदै ५० लाख रकम विनियोजन गरिएको छ !
परोहा नगरपालिकाका मेयर शेख वकीलले शिक्षा , स्वास्थय , कृषि , पूर्वाधार ,लाइ मध्यनजर गर्दै बजेट विनियोजन गरेको छ ! कोरोना भाइरसको कारण प्रभावित भएका विकास निर्माणको कार्यमा बढ़ी जोड़ दिइएको छ ! मेयर वकीलले आगामी आर्थिक बर्षको लागि ३८ करोड़ ३० लाख २४ हजार ४ सय ९० रुपैयाको बजेट प्रस्तुत गरेका छन !
गौर नगरपालिकाका मेयर अजय कुमार गुप्ताले आर्थिक वर्ष २०७७/२०७८ को लागि ४४ करोड़ ३६ लाख ३२ हजार ४ सय ३२ रुपैयाको बजेट प्रस्तुत गरेको छ ! पूर्वाधार विकास मा ६ करोड़ ४२ लाख , सामाजिक विकासमा २६ करोड़ ११ लाख २ सय ७१ रुपैया , आर्थिक विकास तरफ १ करोड़ ५० लाख ५० हजार ,सुशासन तथा अंतर सम्वन्धी क्षेत्र तरफ २ करोड़ ८ लाख ,कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च तरफ ८ करोड़ २४ लाख ८२ हजार १ सय ६१ रुपैया विनियोजन गरिएको बजेट सभामा प्रस्तुत गरिएको छ !
माधव नारायण नगरपालिकाका नगर प्रमुख वीरेन्द्र प्रसाद यादवले चौथो नगर सभामा आगामी आर्थिक वर्षको लागि ६१ करोड़ ६० लाख ८३ हजार ६६० रुपैयाको बजेट प्रस्तुत गरेको छ ! त्यस्तै राजपुर नगरपालिकाका नगर प्रमुख मोहमद शेख सकिल अख्तरले ४९ करोड़ ९५ लाख को बजेट प्रस्तुत गरेको छ !