वीरगञ्ज ।। वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०७७–०७८ का लागि तीन अर्ब ८६ करोड ५१ लाख ९० हजार तीन सय ३५ रुपैयाँको बजेट प्रस्तुत गरेको छ । आज बुधवारको सातौँ नगरसभामा प्रस्तुत बजेटमा चालुतर्फ १ अर्ब ६२ करोड ६९ लाख १८ हजार र र वित्तीय व्यवस्थातर्फ रु ६ करोड ३६ लाख खर्च हुने अनुमान गरिएको छ ।
कूल खर्चमध्ये आर्थिक विकासतर्फ २५ करोड ९५ लाख २५ हजार, सामाजिक विकासतर्फ ८७ करोड ७७ लाख ३६ हजार, पूर्वाधार विकासतर्फ एक अर्ब ७७ करोड ६ लाख १२ हजार, सुशासन तथा अन्तरसम्बन्धी – वन, वातावरण तथा विपत्समेततर्फ रु २३ करोड ७५ लाख १६ हजार र कार्यालयतर्फ रु ७१ करोड ९८ लाख एक हजार व्ययको अनुमान प्रस्तुत गरिएको छ ।
सो बजेटमा आगामी वर्ष सञ्चालन हुने आयोजनामा ‘आरयुडिपी’ तथा ‘एसटिआइयुइआइपी’ तर्फ रु एक अर्ब चार करोड ४७ लाख ५७ हजार, वडास्तरीय योजनाहरुमा रु २४ करोड ७० लाख, म्याचिङ फन्डमा १६ करोड ७७ लाख २५ हजार, लक्षित कार्यक्रमतर्फ दुई करोड ३४ लाख र तराईमधेश समृद्धि कार्यक्रमतर्फ रु ३० लाख रहेको छ ।
सडक बोर्ड कार्यक्रमतर्फ एक करोड, रोजगार कार्यक्रमतर्फ ४० लाख, बहुक्षेत्रीय पोषण कार्यक्रमतर्फ २० लाख, सामाजिक सुरक्षा भत्तातर्फ रु ४५ करोड, वडा भवनतर्फ रु तीन करोड, उज्यालो वीरगन्ज कार्यक्रमतर्फ १२ करोड ८१ लाख, शैक्षिक विकासतर्फ ६२ करोड ६४ लाख, स्वास्थ्यतर्फ १४ करोड ६८ लाख ८० हजार, कृषि विकासतर्फ ८३ लाख, पशुसेवा विकासतर्फ ४३ लाख तथा जनसहभागितामा आधारित कार्यक्रमतर्फ तीन करोडको बजेट व्यवस्थापन गरिएको छ ।
वीरगञ्ज महानगरपालिकाका उपप्रमुख शान्ति कार्कीले प्रस्तुत गरेको सो बजेटमा आगामी वर्षको अनुमान गरिएको खर्च व्यर्होने स्रोतमध्ये सङ्घीय सरकारको वित्तीय समानीकरण रु ४२ करोड ८८ लाख, राजश्व बाँडफाँट रु २१ करोड १२ लाख, सशर्त अनुदानतर्फ रु ७५ करोड १६ लाख प्राप्त हुने अनुमान गरिएको छ ।
यसैगरी प्रदेश सरकारबाट वित्तीय समानीकरण रु एक करोड १६ लाख २० हजार, सशर्त अनुदानतर्फ तीन करोड, राजश्व बाँडफाँटतर्फ सवारीसाधन रु तीन करोड १४ लाख चार हजार, घरजग्गा रजिष्ट्रेशनतर्फ रु १५ करोड, नगरविकास अनुदानतर्फ एक अर्ब तीन करोड ५६ लाख ५१ हजार, नगरविकास ऋणतर्फ ९१ लाख ६ हजार, सडक बोर्डतर्फ एक करोड, युनिसेफतर्फ ४५ लाख प्राप्त हुने अनुमान गरिएको छ ।
यसैगरी नगद मौज्दाततर्फ रु ३० करोड १८ लाख १८ हजार र आन्तरिक आयतर्फ रु ५९ करोड ७५ लाखको अनुमान गरिएको छ ।
नगर प्रमुख विजयकुमार सरावगीको सभापतित्वमा सम्पन्न भएको उक्त नगरसभाको उदघाट्न गर्दै प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जीतेन्द्र सोनलले कोरोना भाइरसको सङ्क्रमणका कारण विकास निर्माणले गति लिन नसकेको बेला स्थानीय निकायले सबैभन्दा बढी स्वास्थ्य क्षेत्रको विकासमा लगानी गर्नुपर्ने बताए ।
नगरसभामा नगर प्रमुख विजयकुमार सरावगीको सम्पन्न भएको हो । उक्त नगरसभाको उदघाट्न गर्दै प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जीतेन्द्र सोनलले कोरोना भाइरसको सङ्क्रमणका कारण विकास निर्माणले गति लिन नसकेको बेला स्थानीय निकायले सबैभन्दा बढी स्वास्थ्य क्षेत्रको विकासमा लगानी गर्नुपर्ने बताए ।
वीरगञ्ज महानगरपालिकाले ल्यायो तीन अर्ब ८६ करोडको बजेट
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।