काठमाडौं ।। बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृत्युपछि बलिउड यतिबेला अशान्त बनेको छ। सबैको मनमा एउटै प्रश्न घुमिरहेको छ( ुआखिर सुशान्त आत्महत्या गर्न किन बाध्य भए रु ु बलिउडका धेरै कलाकार र सेलिब्रिटीले आफूलाई नकारात्मकताबाट टाढा राख्न सामाजिक संजालबाट ब्रेक लिन थालेका छन् । पछिल्लो समय सोनाक्षी सिन्हा, साकीब सलीम, र जहीर इकबाल जस्ता बलिउड सेलिब्रेटीहरूले सामाजिक संजालबाट ब्रेक लिएका छन्। यसैक्रममा चर्चित गायिका नेहा कक्कडले सामाजिक संजालबाट ब्रेक लिएकी छिन्।
उनले सामाजिक सञ्जालमार्फत केही समय टाढा जान लागेको बताएकी छन्।
नेहाले लेखेकी छन्, ूम सुत्न गइरहेकी छु। प्लिज मलाई नउठाउनुहोला जबसम्म यो संसार राम्रो हुदैन्, यो दुनियाँ स्वतन्त्र, माया, रिस्पेक्ट, केअर, रमाइलो लगायतका कुरा स्वीकार गर्दैन्। मानिसहरू सबै राम्रा हुन्छन्।ू
सुशान्तको मृत्युपछि सोसल मिडियामा डिप्रेशन तथा नेपोटिज्मको मुद्दा व्यापक चर्चामा छ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here