काठमाडौं ।। नेपालमा पछिल्ले २४ घण्टामा थप ६२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बुधबार आयोजित मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ६२९ जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिए । जसमध्ये ५१९ पुरुष र ११० जना महिला रहेका छन् ।
यो सँगै देशभरि जम्मा संक्रमितको संख्या १० हजार ७२८ पुगेको छ । पछिल्लो २४ घण्टामा १०६ जना डिस्चार्ज भएसँगै डिस्चार्ज हुनेको संख्या २३३८ पुगेको छ । हाल सम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २४ रहेको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।