काठमाडाैं ।। पाकिस्तान क्रिकेट टिमका तीन खेलाडीलाई कोरोना भाईरसको संक्रमण देखिएको छ । पाकिस्तान क्रिकेट बोर्डले हैदर अली, शादब खान र हरिस राउफलाई कोरोना संक्रमण देखिएको जनाएको छ । कोरोना देखिएका खेलाडी सेल्फ आइसोलेसनमा रहेको बताईएको छ । इंग्ल्यान्ड भ्रमण अघि गरिएको परिक्षणमा तीन खेलाडीमा कोरोना पोजेटिभ देखिएको हो । कोरोनाको सामान्य लक्षण देखिएपछि खेलाडीमा परिक्षण गरिएको थियो । अन्य दुई खेलाडी इमाद वासिम र उस्मान सिनवारीलाई भने नेगेटिभ देखिएको छ । पाकिस्तानको क्रिकेट टिम आगामी साता इंग्ल्यान्ड भ्रमणमा निस्कदैछ । घरेलु टिमसँगको टेष्ट र टीट्वान्टी सिरिजका लागि पाकिस्तानी टिम जुन २८ मा इंग्ल्यान्ड प्रस्थान गर्ने बताईएको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।