रौतहट ।। गौर जिल्ला अस्पताल रौतहटमा चरम भ्रष्टाचार र अनियमितता भएको छ । रौतहटबासीको लागि आएको रकम अस्पतालको विकास कार्य नगरी आफनो निजी स्वार्थ पुरा नभएपछि करोडौ रकम फ्रिज गराएको कार्य प्रति आज जिल्लाका युवाहरु सामूहिक रुपमा अस्पताल प्रमुख कृष्णा साहलाई ६ बुन्दे शिर्षक सहित सुचना तथा विवरणको प्रमाणित प्रतिलिपिको माग दर्ता गराएका छन ।
१. अस्पतालको सम्पूर्ण आय र व्ययको विवरण (टिकट वापत, विभिन्न चेकजाँच वापत, कैन्टीङ्गको भाडा वापत, एम्बुलेन्स भाडा वापत,)
२. प्रदेश सरकारबाट प्राप्त अनुदान रकम के कति रहेको र सो रकम कुन कुन शिर्षकमा के कति खर्च भएको विवरण ।
३. अस्पताल व्यवस्थापन समितिको अध्यक्षको कार्यकक्ष बनाउन के कति रकम खर्च भएको विवरण ।
४. हाल यस अस्पताल भित्र भईरहेको विकास निर्माणको कार्यहरु कुन प्रक्रियाबाट कुन कति रकमको कार्यको विवरण सहित ।
५. आमा सुरक्षा वापतको रकम के कति प्राप्त भएको र हाल सम्म के कतिको बुझेको विवरण सहित ।
६. अस्पतालमा कार्यरत कर्मचारी तथा अस्पताल व्यवस्थापन समितिको सेवा सुविधाको खर्च विवरण । सोही क्रममा अस्पतालको सबै कोठाहरुमा अनुगमन समेत गरिएको थियो देशमा तिन तहको सरकार निर्माण भईसकेको छ तर रौतहटबासीले अनुभूति गर्न सकेको छैन । जिल्लाको धरोहरको रुपमा गौर जिल्ला अस्पताल अहिले पुरै अव्यवस्थिति बनेको छ । प्रदेश सरकारले अस्पतालको विकास, समृद्धि, उन्नति र प्रगतिको लागि पठाइएको ८ करोड ८२ लाख रकमबाट सम्पूर्ण सामाग्री खरिद गरी व्यवस्थिति बनाउन निमित बजेट बिनियोजन गरिएको हुदाहुदै पनि सो रकम हालको अवस्थामा फ्रिज हुने लगभग निश्चित भएको छ । बाहिरबाट हेर्दा काठमाडौँको वीर र टिचिङ्ग अस्पताल भन्दा कम ठूलो भवन रहेको छैन तर भित्री कोठा र शौचालयहरु पशु बाध्ने खोर भन्दा धेरै दैनिय रहेको छ । ५० सैया बेडको भवन निर्माण रहेको हुदा पनि जिर्णपूर्ण वातावरण र रेफ अस्पतालको रुपमा देशमै चिनिएको छ । केही गलत मानसिकताको केही स्थानीय कर्मचारीहरुले आफनो व्यक्तिगत स्वार्थको लागि बाहिरीबाट आएको कर्मचारीलाई विभिन्न दुख र तनाव दिई अस्पतालमा बस्न नदिएको कारण आजको दिनमा समान्य बिरामी हुने र उपचार गराउन गौर जिल्ला अस्पतालमा पुग्ने लग्तै बाहिर रेफ गरी दिने एक प्रकारको नितिनै बनाइएको देखिएको छ । नेपाल सरकारबाट पाउने सेवासुविधा जस्तै निशुल्क ७२ किसिमको औषधी हो तर गौर जिल्ला अस्पतालमा १५ देखि २० किसिमको समेत पाउन धेरै ग्राहो र अनुहार हेरेर ती औषधी र सेवा कर्मचारीहरु द्रारा प्रदान गरिएको पीडितहरु दुख पोखिएको छ । गौर जिल्ला अस्पताल व्यवस्थान समिति चयन भएको आजको दिनमा लगभग ७ महिना भन्दा बढी भईरहेको छ त्यसमा अस्पतालको विकास र सुधारको लागि जुन उदेश्यले चयन गरिएको समितिका अध्यक्षले आफनो व्यक्तिगत कार्यकक्षमा ६ लाख भन्दा बढी मुल्यको सामाग्री खरदि गरी बेहुलै झै सिगारीएको छ तर उहाँकै कार्यकक्षको छेउमा रहेको सर्वसधारण सेवाग्राहीहरुको बेडमा ताना, सिरानी, झुल, फोहोर राख्ने डस्बीन र कुरुवाहरुको लागि बस्ने एउटा कुर्सी छैन । अस्पताल जस्तो ठाउँमा शुद्धखाने पानी हैण्डपाईप, शौचालयमा सरसफाई र प्रयोग गर्नेको लागि पानी छैन बाहिरबाट मिनिरल वाटरको बोतलमा प्रस्तुती गृहमा गर्भवती महिलाहरुले पानी ल्याएर शौच गर्न बाध्य बनेका छन । प्रस्तुती भन्ने ईन्डोर कक्षमा रातीको समय बिधुत कटेपछि मोबाईलको बती बालेर बच्चाहरु जन्माईने कार्य भईरहको छ । गर्भवती महिलाहरुको लागि अस्पतालबाट बच्चा जनमाउने अवस्थामा प्रयोग हुने सम्पूर्ण औषधी अस्पतालले दिनुपर्ने सरकारबाट रकम पठाएको हुदाहुदा हामी कर्मचारीलाई अस्पताल प्रमुखले नदिएपछि बाहिरबाट खरिद गराउन बाध्य रहेको इन्डोरका फाटका ईन्चार्ज अम्बिका शर्माले बताएकी छिन । युवाहरुले माग गरेको सम्पूर्ण बुन्दा जायज र हामी सबै जिल्लाबासीको लागि सराहनीय प्रशन रहेको हुनाले एक सप्ताह भित्र उपलब्ध गराउने अस्पताल प्रमुख साहले बताए । आफु काम गर्न चाहेर पनि अस्पतालको हकहितमा गर्न नसकेको कारण आजको दिनमा लजास्पद भएको महसुश भयो तर काम गर्न इच्छाशक्ति धेरै भएतापनि अवसर पाउन र आवश्यक अनुसारको कर्मचारीहरु नभएर कठिनाईको सामना गर्नुपरेको साहले बताएका हुन । रकम फ्रिज मेरो कारण मात्र नभएको यसमा धेरै सम्बन्धित निकायको खिचातानीले हातमा आएको अस्पतालको लागि करोडौ रकम समृद्धि र उपकरण खरिदको गुमाएकोले खेद प्रकट गर्न चाहन्छु भने साहले बताए ।
