सुर्खेत ।। कर्णाली प्रदेश अस्पतालमा कार्यरत पाँच जना स्वास्थ्यकर्मीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोमबार उनीहरुलाई कोरोना संक्रमण पुष्टि भएको अस्पतालका निर्देशक डा.डम्बर खड्काले जानकारी दिनु भएको छ ।
प्रदेश अस्पतालको आकस्मिक कक्षमा उपचार गराइरहेका तीन जना बिरामीमा कोरोना पोजेटिभ देखिएपछि उनीहरुको नजिक रहेर काम गरिरहेका ४२ जना स्वास्थ्यकर्मीको स्वाव परीक्षण गरिएको थियो ।
जसमध्ये पाँच जनामा कोरोना संक्रमण भएको पुष्टि भएको प्रदेश अस्पतालका निर्देशक डा। डम्बर खड्काले जानकारी दिए ।
‘पिसिआर परीक्षणका क्रममा ४२ जनामध्ये पाँच जनामा कोरोना पुष्टि भएको छ ।’ उनले भने, ‘कोरोना पोजेटिभ भएका स्वास्थ्यकर्मीलाई प्रदेश अस्पतालकै आइसोलेशन कक्षमा राखेर उपचार भइरहेको छ ।’
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।