काठमाडौं ।। अभिनेत्री निरिषा बस्नेतले कोरोना संक्रमणबाट मुक्त भएकी छन्। विगत चार वर्षदेखि मुम्बईमा बसेर उतै भारतीय टेली चलचित्रमा अभिनय गर्दै आएकी अभिनेत्री निरिशा विगत दुई साताअघि छातीमा समस्या देखिएपछि कोरोनाको शंका लागेर उनले आरटीटी परिक्षण गराएकी थिइन् । उक्त परिक्षणमा कोरोना संक्रमण पुष्टि भएपछि उनी अस्पताल भर्ना भएकी थिइन् । त्यसपछि उनी अस्पताल भर्ना भएकी थिइन् । उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा एक भिडियो साझेदार गर्दै आफूलाई कोरोनाको संक्रमण भएको जानकारी दिएकी थिइन् ।
आफ्नी छोरीले कोरोनालाई जितेर शुक्रबार बेलुका अस्पतालबाट डिस्चार्ज भएको बुबा विश्व बस्नेतले बताएका छन् । बस्नेतले शनिबार फेसबुकमा एउटा स्टाटस लेख्दै कोरोना जितेर छोरी घर फर्किएको बताएका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here