एजेन्सी ।। भारतीय चर्चित कलाकार सुशान्त सिंह राजपुतले आत्महत्या गरेका छन् । मुम्बईस्थित बान्द्रामा रहेको आफनै घरमा उनी झुण्डिएको अवस्थामा फेला परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ३४ वर्षीय सुशान्तले किन आत्महत्या गरे भन्ने पूर्ण विवरण आउन बाँकी रहेको छन् ।
सुशान्तको पछिल्लो सिनेमा सन् २०१९ मा छिचौरे प्रदर्शनमा आएको थियो । श्रद्धा कपुरसँग खेलिएको उक्त सिनेमा बक्स अफिसमा राम्रो चलेको मानिएको थियो । कायपोचे नामको चलचित्रबाट फिल्मी करिअर सुरु गरेका राजपुतले आमिर खाननको पीके चलचित्रमा पनि अभिनय गरेका थिए । डिटेक्टिभ ब्योमकेश बक्शी, एमएस धोनीः अनटोल्ड स्टोरी, छिछोरे लगायतका फिल्महरुमा प्रमुख भूमिका निर्वाह गरेका थिए ।
सुशान्तको रीया कपुरसँग प्रेम सम्बन्ध रहेको बताइएको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here