एजेन्सी ।। भरतीय अभिनेत्री मोहना कुमारी सिंह कोरोनाभाइरस संक्रमित पुष्टि भएको छ । भारतिय टिभी सिरियल ुये रिश्ता क्या कहलाता हैु मा अभिनय गरिसकेकि छिन् । उनका श्रीमान् सुयश रावत, ससुरा तथा क्याबिनेट मन्त्री सतपाल महाराज, सासु अमृता रावत, जेठानी आराध्या र उनका पाँच वर्षका छोरा पनि कोरोनाद्वारा संक्रमित छन् । मोहनाको घरमा काम गर्ने अन्य १७ कर्मचारीमा कोभिड–१९ परीक्षण पोजेटिभ आएको छ । सबै ऋषिकेशको एम्स अस्पतालमा भर्ना छन् ।
मोहनाले सोसल मिडियामा लेखेकी छिन्, ‘सुत्न सकिरहेकी छैन । यो सुरुवाती दिन हामी सबैका लागि निकै कष्टकर छ । विशेषगरी हाम्रा बच्चा र वृद्ध–वृद्धाका लागि । तर यो सबै छिट्टै समाप्त होस् भनेर म प्रार्थना गरिरहेकी छु । हामी ठिक छौं ।’
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।