काठमाडौं ।। जन्म दिने नारी नै आमा हुन । आमा कसैकी छोरी हुनत कसैकी सासु, कसैकी श्रीमती त कसैकी दिदीबहिनी आदि इत्यादी । आखिर जे भने पनि आमा एक नारी नै हुन् ।आमा जन्मभुमि सवर्ग भन्दा पनि प्यारो हुन्छ । आमा,माया,ममताकी खानी र सन्तानको लगि एक आदर्श हुन । जतिसुकै दुःख पीडा सहेर पनि नौ महिनाको भारी बोकेकै हुन्छौ आमा तिमीले । कति गाहरो कति असजिलो, अत्याचार, पीडा महसुस भएतापनि कुनै परवाह नै नगरिकन मातृत्व अवश्य तिमीले वहन गरेकै हुन्छौ । मातृत्व वहन गर्दागर्दै ९ महिना पछि त्यो मातृत्वको भारी यो धरतीमा बिसाएकै हुन्छयौ, त्यो भारी । त्यो भारी धरतीमा विसाएता पनि सुख हुँदैन तिमीलाई । त्यसलाई लालनपालन गर्दागर्दै तिम्रो जीवनको अनुहार नै बदलिएको हुन्छ । न रात न दिन, न भोक न निद्रा । न फोहोर, केही कुनै कुराको परवाह नगरिकन आफ्नो मातृत्वको मोहलाई पालन गर्दै उसैको जीवनलाई उद्दार गरेकी अवश्य हुन्छौ तिमी आमा । त्यसैले त तिमी आमा हौ । आमाके। खेल्ने भूमिका प्रशंसा गरेरै सकिन्न ।नारी जातिको निन्दा कहिल्यै नगर्नू, उनीहरूको अवहेलना नगर्नू किनभने नारी भनेका पुरुषका स्रोत हुन्। तुलसीदास, सुरदासजस्ता विद्वान्हरू पनि नारीकै कोखबाट जन्मिएका हुन्।
“संसारमा पैसाबाट के किन्न पाईंदैन रु आमा ।”
“भगवानलाई पाउने पहिलो भर्याङ ९बाटो० भनेकै आमा हुन् ।”
“संसारमा मायाकी देवि भनेर आमालाई भनिन्छ ।”
“संसारमा सबैभन्दा ठूलो श्राप भनेकै आमाको आंशु हो ।”
“संसारमा सर्वश्रेष्ट पुजा भनेकै आमाको पुजा हो ।”
“संसारमा सबैभन्दा ठूलो तीर्थ भनेकै आमाको सेवा हो ।”
आफनो आँसु लुकाई आफनो पिडा लुकाई म लाई खुसी दिने मेरो आँसु पुछि दिने तिमी नै हौ मेरो आमा
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।