काठमाडाैं ।। कोरोना भएको गोप्य राखिने भए पनि नायिका निरिशा बस्नेतले आफूलाई कोरोना भाइरसको संक्रमण भएको सामाजिक संजालमार्फत् जानकारी गराएकी छिन्। बस्नेतले सामाजिक सञ्जालमा आफ्नो भिडियो पोस्ट गर्दै को रोना सं क्रमित भएको र अस्पतालमा उपचारको क्रममा रहेको बताएकी छिन् ।
‘थाहै नपाई म पनि को रोना सं क्रमित भएछु’, उनले भनेकी छिन्, ‘अहिले अस्पतालमा उपचार गराइरहेकी छु र अहिले आत्तिनुपर्ने अवस्था छैन ।’ तीन वर्षदेखि मुम्बईमा अभिनयमा सक्रिय नायिका बस्नेत भारतीय टेलिशृंखला ‘प्रेम नन्दिनी’ सहित थुप्रै टेलिसिरियलमा नायिका भएर काम गरिसकेकी छन् ।
दुई वर्षअघि फिल्म ‘जानी नजानी’ को सुटिङ र रिलिजका लागि नायिका बस्नेत नेपाल आएकी थिइन् । नायिका बस्नेत अभिनेता विश्व बस्नेतकी सुपुत्री हुन् ।





