काठमान्डु ।। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीभित्र आन्तरिक विवाद उत्कर्षमा पुगेपछि सरकारको नेतृत्व परिवर्तनबारे छलफल सुरु भएको छ ।
गुटगत रुपमा सुरु भएको छलफल आज औपचारीक रुपमा पार्टी सचिवालयमा पवेश गर्नेछ । आज बस्ने सचिवालय बैठकमा नेता माधवकुमार नेपाल समुहले पार्टी नेतृत्व परिवर्तन गर्ने विषयमा पस्ताव राख्ने तयारी गरेको छ ।
पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल पचण्डले पनि त्यसमा समर्थन जनाउने नेपाल समुहका एक नेताले सीआइएनलाई जानकारी दिनुभयो । नेकपा भित्रको विवादले राजीनामाका लागि दबाब बढ्दै गएपछि प्रधानमन्त्री केपी ओली संसदीय दलमा बहुमत पु¥याउने प्रयासमा जुटनु भएको छ । सांसदलाई सामूहिक र व्यक्तिगत रूपमा भेट गरिरहनु भएको छ ।
पार्टी सचिवालय, स्थायी समिति र केन्द्रीय समितिमा भने उहाँ अल्पमतमा हुनुहुन्छ । नेकपामा एक सय ७४ सांसद छन । संसदीय दलमा बहुमतका लागि ८८ सांसद आवश्यक पर्छ । नेकपा संसदीय दलमा पूर्वएमालेको एक सय २१ तथा पूर्वमाओवादी समूहका ५३ सांसद छन ।
वरिष्ठ नेता झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतमसहित नेपाल समूहमा ४३ सांसद भएको सो समूहको हिसाब छ । यसरी आफ्नो पक्षमा ९६ जना भएको र ओली समूहबाट पनि केही मान्छे जोडिँदा एक सय नाघ्ने हिसाब प्रचण्ड–नेपाल समूहको छ । तर ओली एक्लैसँग ७८ सांसद रहेको उहाँनिकट नेताहरूको दाबी छ ।
बहुमतका लागि ८८ जना सांसद आवश्यक हुने भएकाले थप १० सांसद जोड्न सो समूह सक्रिय छ । प्रधानमन्त्री ओलीले जनमतविपरीत मुलुकलाई अस्थिरतातर्फ लैजाने चलखेल सुरु भएको भन्दै त्यसविरुद्ध संगठित हुन निकटका सांसदहरूलाई बालुवाटार बोलाएर आग्रह गरिसक्नु भएको छ ।
नेताहरूको निरन्तर दौडधुप र अनौपचारिक संवादपछि नेकपा सचिवालय बैठक बुधबार अपराह्न बस्ने तय भएको छ । अध्यक्षद्वय ओली र प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपालबीचको बेग्लाबेग्लै संवादपछि सचिवालय बैठक बोलाइएको हो । दुई अध्यक्षबीच हिजो दुईघण्टा छलफल भएको थियो । बैठक आज साँझ ५ बजेका लागि बोलाइएको छ ।